लागुऔषध रहित

जीवनको मार्ग

लागुऔषध र मादकपदार्थको सेवनले समाजलाई कुप्रभाव पार्दछ। अवैध लागुऔषधको अनुमानित वार्षिक व्यापार $४०० बिलियन छ, जुन सबै अन्तर्राष्ट्रिय व्यापारको दश भागको एक भाग हो भने विश्वका ८८ प्रतिशत देशको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै हो।

करोडौं मानिसहरू अवैध लागुऔषधबाट प्रभावित भएका छन्, धेरैले अकालमा ज्यान गुमाइरहेका छन्। सन् २०१४ को संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालयको रिपोर्ट अनुसार १६२ देखि ३२४ मिलियन व्यक्तिहरू लागुऔषध प्रयोग गर्छन् जसमध्ये ३.५ देखि ७ प्रतिसत प्रयोगकर्ताहरू १५ देखि ६४ वर्षको उमेरका रहेको जनाएको छ।

संयुक्त राज्यमा लागुऔषधको कारणले सबैभन्दा धेरै मृत्यु हुन्छ। लागुऔषधबाट मर्नेहरूको सङ्ख्या १४२ प्रति मिलियन रहेको छ, जुन विश्वको दरभन्दा तीन गुना बढी हो।

संयुक्त राज्य ट्राफिक दुर्घटनाबाट हुने बार्षिक मृत्‍युलाई उछिन्दै, ४०००० जनाको लागुऔषधबाट मृत्‍यु हुन्छ। एक्काइसौं शताब्दिको पहिलो दशकमा लागुऔषधका कारणले हुने मृत्यु भर्खरका र मध्यम उमेरकाहरूमा दोब्बरभन्दा बढीले र ५० देखि ६९ समूहमा तेब्बरले बढेको छ।

संयुक्त राज्य अमेरिकामा चिकित्सकको सल्लाह बिना Opioid को प्रयोग २००८ देखि लगभग २०० प्रतिशतले वृद्धि भएको छ।

कुलतले लागुऔषध सेवन गर्ने व्यक्तिलाई प्रभाव पार्नुका साथै अन्य कुरामा पनि क्षति पुर्‍याउँछ, र अब यो परम्परातगत अवैध लागुऔषधहरूमा मात्र सीमित पनि छैन।

हरेक तथ्यांक तथा उदाहरणले मानव दुर्दशा —जागिर गुम्ने, वचत रित्तिने, व्यक्तिगत चोटपटक वा शिथिलता, र परिवारकै अन्त्य हुने आदि घटना देखाउँछ। लागुऔषध दुर्व्यसन एउटा त्यस्तो संकट हो जसलाई हरेक व्यक्ति, परिवार र समुदाय र समाजले भोग्नु पर्दछ।

हाल प्रतिरोध गरिएको संयुक्त राज्य अमेरिकाको “वार अन ड्रग्स” नीतिले अवैध लागुऔषधको अवैध आपुर्तिमाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ तर वास्तविक उपाय त प्रभावकारी लागु औधष शिक्षा तथा रोकथाम र दीगोरूपमा छुटकाराका माध्यमले लागुऔधषको कुलत र दुर्व्यसनलार्ई कम गरी यसको माँग घटाउने हुनुपर्छ।

हरेक तथ्यांक तथा उदाहरणले मानव दुर्दशा —जागिर गुम्ने, वचत रित्तिने, व्यक्तिगत चोटपटक वा शिथिलता, र परिवारकै अन्त्य हुने आदि देखाउँछ।

यो नार्कोनन लागुऔधष सुधार र लागुऔषध शिक्षा सम्बन्धी कार्यक्रमको लक्ष्य हो। सुधार केन्द्रहरूको विश्वव्यापी सञ्जाल र लागुऔषध शिक्षाको विशेषज्ञहरूले दुर्व्यसनबाट मुक्त हुन खोजिरहेका व्यक्तिहरू, परिवारहरू तथा समुदायहरूलाई कार्यमुलक समाधान प्रस्तुत गर्दछ।