नार्कोनन नतिजाहरू

अध्ययनहरू र रिपोर्टहरू

नमूना

"रूटिन आउटकम मनिटरिंग आफ्टर ड्रग अब्युज ट्रिटमेन्टको सहज पद्धति"(आर डी लेनाक्स, पीएचडी, एमए स्टेर्नक्विस्ट, एमयस र ए.प्यारेड्स, एम डी, सामुहिकरूपमा समीक्षात्मक जर्नलमा प्रकाशित लागुऔषध दुर्व्यसनी: अनुसन्धान तथा उपचार २०१३:७, १५५-१६९), नार्कोनन कार्यक्रमको छ महिनामा कार्यक्रम सकिए पछि ३२३ ग्रेजुएट विद्यार्थीको अध्ययनले ७३.५% विद्यार्थीले कुनै अवैधानिक लागुऔषध प्रयोग नगरेको र ९४ प्रतिशत चाँही पक्राउ नपरेको कुरा देखायो।


नार्कोनन स्टकहोम्, स्विडेन, बाह्य केस अध्ययन (पी. गर्डम्यान, मे १९८१)

१३ जना ग्रेजुएटहरूको अध्ययनले चार वर्षको नार्कोनन कार्यक्रम पुरा गरेपछि निम्न कुरा देखायो: ७८% लागुऔषध मुक्त र ७३% स्थिरतापूर्वक काममा लागेको।


"यसको लागुऔषध सुधार कार्यक्रम ग्रेजुएट नर्कोनन यस्लभ (स्विडेन) रूटिन आउटकम मनिटरिंगको सारांश विश्लेषण, २०१०-२०१२"

यो अध्ययनमा, ४९ जना नार्कोनन ग्रेजुएटहरूलाई ग्रेजुएसनपछि एक देखि तीन वर्षसम्म सर्वेक्षण गरिएको थियो। पहिलो छ महिने पोस्ट-ग्रेजुएसनमा कुनै लागूपदार्थ सेवन नगर्ने, ८०% पहिलो ३० दिनमा: श्रमजीवी वा विद्यालय, ७७%; गिरफ्तारी-मुक्त, ९८% परिवारसँग राम्रो सम्बन्ध भएका, ८६%।


"नार्कोनन बोस्टन केस स्टडी विथ कन्ट्रोल" (सी.एच वासबर्न, एम.डी., जुन ३०, १९७५)

कार्यक्रमको १० महिना पश्चात ११ जना ग्रेजुएटहरूमा गरिएको अध्ययनमा, ९१ प्रतिशत नार्कोनन केस अध्ययन समूहहरू लागुऔषध मुक्त भएको देखियो तर नियन्त्रण समूहमा उक्त परिणाम शुन्य देखियो।


"इन्टरमेडीएट स्यांकसन् फर जुभेनाइल अफेंदर: इम्प्याक्ट अफ द नार्कोनन न्यु लाइफ डीटक्सीफिकेसन प्रोग्राम अन हाई रेट जुभेनाइल अफेन्दरस, उता फर्थ डिस्टरिक्ट जुभेनाइल कोर्ट" (पश्चिमी महान्यायाधिबक्ताको सम्मेलनमा प्रस्तुत गरिएको, माउई, अगस्ट २००५)

अदालतमा भर्ना भएका पहिलो १०० युवाहरू, नार्कोनन कार्यक्रममा आउनुभन्दा अघि, ११०० वटा साधारण वा असाधारण अपराधमा दोसी थिए। नार्कोनन कार्यक्रम पुरा गरे पश्चात, कार्यक्रमको दुइ वर्षसम्म ६३.५% जुभेनाइलहरू अपराध मुक्त भए जुन नियन्त्रण समूहमा ३०.१% मात्र देखिए।

यी व्याख्या गरिएका परिणामहरू छोटो र मध्यम अवधिको उपचारको प्रभावकारिताको आधारमा सङ्कलन गरिएको डाटामा आधारित छन्। व्यक्तिगत परिणामहरूको गारन्टी गरिएको छैन र यो व्यक्ति अनुसार भिन्न हुन सक्छ।