सुधार केन्द्रको जालबाट कसरी मुक्त हुने

नार्कोननले सिद्ध सुधार प्रविधिको प्रयोग गर्दछ जसले समस्याको स्रोत र दिर्घकालीन सफलताको लागि एक बाटो प्रदान गर्दछ।

लगभग ५० वर्षदेखि नार्कोननले सधैंभरि लागूपदार्थ दुर्व्यसन गर्नेहरूलाई बचाएको छ। हरेक हप्ता। हरेक वर्ष। हाम्रो सफलता नयाँ जीवन नेतृत्व गर्ने ग्रेजुएटहरूको वृद्धि अनुसार मुल्यांकन हुन्छ।

नार्कोनन आउनेहरू पहिले अन्य लागुऔषध सुधार कार्यक्रम मार्फत कुनै स्थायी सफलता नपाएर आएका हुन। हाम्रो कार्यक्रम अनुपम छ। नार्कोनन कार्यक्रममा कुलत लागेका मानिसहरूलाई लागुऔषध र मादकपदार्थको निर्भरता र यसको हानिकारक प्रभावहरू विरूद्ध लड्न सहयोग गर्ने अद्वितीय प्रविधिहरू छन्। यो कुरा प्राकृतिक रूपमा गरिन्छ—नार्कोनन कार्यक्रममा कुनै पनि प्रतिस्थापन लागुऔषधहरू हुँदैनन्।

नार्कोननमा पहिले, हामी कहाँबाटकुन कारण लेलागुऔषधको कुलत लागेको पत्ता लगाउछौं।

यस कार्यक्रमको लक्ष्य हरेक व्यक्ति लागुऔषध मुक्त बनाउने हो।

"मैले १५ फरक-फरक सुधार कार्यक्रमहरूमा सहभागी भएको थिए। कुनै कार्यक्रमले काम गरेन। कुनै कार्यक्रमले मलाईं लागुऔषध प्रयोग गर्न मन नलाग्नेसम्म पनि बनाउन सकेन। नार्कोनन मेरो अन्तिम कार्यक्रम थियो र म अहिले विगत सात वर्ष देखि लागुऔषध मुक्त बाँचेको छुँ।

नार्कोनन लागुऔषध सुधार कार्यक्रम

लागुऔषध रहित
विथड्रल

प्रत्येक विद्यार्थीको २४ सै घण्टा सहयोगको लागि विथड्रल विशेषज्ञहरू सधैँ उपलब्ध हुन्छन्।

थप पढ्नुहोस्

न्यु लाइफ
डिटक्सिफिकेसन

न्यु लाइफ डिटक्सिफिकेसन व्यायाम, सौनाको तापमा पसिना निकाल्ने काम, र पोषण सम्बन्धी कार्यक्रमको संयोजन हो।

थप पढ्नुहोस्

अब्जेक्टिभ्स

अब्जेक्टिभ भनेको तपाईको ध्यानलाई विगतका सम्झनाहरूबाट टाढा लगेर वर्तमान र तत्कालिन सेरोफेरोमा ल्याउने पद्धतिहरू हुन्।

थप पढ्नुहोस्

जीवनका
कौशलताहरू

प्रभावकारी अभ्यास र सिकाइले स्थिरता, आत्म‑सम्मान तिर डोर्‍याउने र व्यक्तिगत मान्यता फर्काउने काम गर्दछ।

थप पढ्नुहोस्

विश्व-स्तरीय परिणामहरू

सामान्य तरिकाले भन्नु पर्दा, नार्कोननले काम गर्छ। कहिलेकाहीँ चमत्कार नै भएको जस्तो महसुस गर्ने नार्कोनन कार्यक्रमका विद्यार्थी तथा उनीहरूको परिवारका सदस्यहरूका विशिष्ट टिप्पणीहरू यहाँ दिइएको छ।

थप पढ्नुहोस्

१९६६ देखि उत्कृष्ट परिणामहरू। दिर्घकालीन प्रभावकारिता।

नार्कोनन कार्यक्रम साइन्टोलोजी धर्मका संस्थापक एल. रोन हब्बर्डका खोजहरू र लेखनहरूमा आधारित छ। तर, नार्कोनन एक गैर-धार्मिक संस्था हो र एउटा व्यक्ति यो कार्यक्रमद्वारा एक साइनटोलोजिस्ट बन्ने छैन।

शिक्षा, मानसिक स्वास्थ्य र अपराधी सुधारकासाथै लागुऔषध पुन:स्थापनाको क्षेत्रहरूमा काम गर्ने श्री हब्बर्ड मानवतावादी हुनुहुन्थ्यो। उहाँले १९६० र ७० को दशकमा मनोरञ्जनात्मक लागुऔषधको प्रयोग महामारीको अनुपातमा पुगेको बेलामा लागुऔषधको बारेमा अनुसन्धान थालनी गर्नु भयो।

उहाँले लगभग हरेक प्रकारका लागुऔषधका प्रतिकूल प्रभावसँग जुध्ने प्रविधी विकास गर्नु भयो। श्री हब्बर्डले कुलतमा फसेका व्यक्तिहरूको सहयोगको लागि आफ्ना आविष्कारहरू व्यापक रूपले उपलब्ध गराए र नार्कोननको स्थापना यही कुराको प्रतिफल हो।

यसले कसरी काम गर्छ भनी यहाँ दिइएको छ

सफल निर्माणबाट नै दिर्घकालीन पारिणामहरूको सुरूवात हुन्छ। नार्कोननको उत्कृष्ट प्रभावकारिताको राज भनेको यी प्रमाणित कार्यक्रम तत्वहरूले एकसाथ काम गर्नु हो:

प्रभावकारी।
दिर्घकालीन परिणामहरू
नार्कोनन कार्यक्रमको प्रत्येक तत्व—लगातार प्रभावकारी दिर्घकालीन परिणामहरू दिन प्रमाणित प्रविधिमा आधारित छ।

• लागूपदार्थ रहित विथड्रल। यो चरणमा २४-घण्टे व्यक्तिगत स्याहार र सुपरीवेक्षण पर्दछ।

• डिटक्सिफिकेसन। यो अरूभन्दा फरक, लागूपदार्थ-मुक्त न्यु लाईफ डिटक्सिफिकेसन कार्यक्रमले सुस्त बनाउने लागूपदार्थका अवशेषहरूलाई शरीरबाट हटाउँछ, फलस्वरूप लागूपदार्थ सेवन गर्ने इच्छा कम हुँदै जान्छ।

• अब्जेक्टिभ्स नार्कोननको पद्धतिहरूले तपाईंलाई विगतका कुरा बिर्साएर, वर्तमानमै स्थिर हुन सहयोग गर्छ।

• जीवन कौशलता तालिम। यो चरणले तपाईंलाई सफलतापूर्वक लागूपदार्थ रहित जीवन जिउन चाहिने उपकरणहरू प्रदान गर्न सहयोग गर्छ।

हरेक कार्यक्रम चरणले स्थिर र भरपर्दो परिणामहरू दिन्छ, जसले छिट्टै कुलतको बानी हटाउँछ।

हरेक चरणमा सटीकता

नार्कोनन कार्यक्रममा थुप्रै निर्देशित फिल्महरू समावेश छन्, जसले कार्यक्रमको हरेक पक्षको सिद्धान्त र प्रक्रियाहरूलाई भिडियो मार्फत देखाउँछ।

अर्को
लागुऔषध रहित विथड्रल

नार्कोनन एरोहेड

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्