फेरि अरूको विश्वास प्राप्त गर्दै

मैले लागू औषधी प्रयोग गरेर धेरै नाता सम्बन्ध तोडे र मलाईं लाग्थ्यो- ती नाता पुनः जस्ताको तस्तै हुँदैनन्।

मलाईं बिग्रेको सम्बन्ध सुधार्ने उपाय नै छैन जस्तो लाग्थ्यो। मेरो मतलब, मैले सबै नाता पूर्णरूपमा तोडेको थिए। परिवार, साथी –म इमान्दार स्वभावको व्यक्ति थिएन, म मायालु, दयालु केही थिएन।

मैले उनीहरूसँगको नाता कायम राख्न सकिन, काम गर्न पनि सकिन। किनकि दिमागमा सधैँ एउटा कुरा मात्र थियो त्यो हो लागुऔषध जसले मेरो जीवन आफ्नो वसमा गरेको थियो।

जब म कार्यक्रममा सहभागी भए, मेरो जीवनमा पूरै परिवर्तन आयो।

अब म भित्र त्यस्ता दुखद् र अँध्यारा अनुभूति छैनन्।

र म आफ्नो परिवारको विश्वास फेरि जित्न सक्ने भइसकेको थिए। म विगतमा तोडिएका नाता सम्बन्ध पुनः जोड्न सफल भए। र विगतमा मसँग भएका सबै कुरा फेरि प्राप्त गरे।

यो अगस्टमा मैले बिहे पनि गरे र मलाईं लाग्छ यो धेरै ठूलो कुरा थियो, किनभने अहिले म सबै कुराले सम्पन्न छुँ। यो सबै नार्कोनन कार्यक्रमले गर्दा सम्भव भएको हो - मैले साँच्चै गरेर देखाए। तपाईंलाई थाहा छ, यो कार्यक्रम हुँदैनथ्यो भने मसँग आज यो जीवन हुने थिएन। म शायद मरिसकेको हुन्थे।

थप भिडियोहरू