जीवन बचाउने। परिवार बचाउने।

सामान्य तरिकाले भन्नु पर्दा, नार्कोननले काम गर्छ।

नार्कोनन कार्यक्रमका विद्यार्थी तथा उनीहरूको परिवारका सदस्यहरूका विशिष्ट टिप्पणीहरू यहाँ दिइएको छ।

भाइ बहिनी

"मेरो दिदी भर्खरै अस्पताल गएकी थिइन, र बिस्तारै निको पनि हुँदै थिइन। तर उहाँको अवस्था फेरि बिग्रेको भनी मलाईं फोन आयो। मैले मनमनै सोचे, 'मैले केही गरिन भने उनी मर्छिन।' तपाईं परिवारको सदस्यको रूपमा यो व्यक्तिलाई फेरि पनि कहिल्यै १०० प्रतिशत विश्वास गर्न सक्नुहुन्न। तर म अहिले कुनै दुविधा बिना उनी पूर्ण रूपमा परिवर्तन भएकी छिन् भनेर बताउन सक्छुँ। मलाईं लाग्थ्यो म एक्लै थिए तर अहिले मैले मेरो दिदीलाई फिर्ता पाएकी छुँ। म कति खुशी छुँ भनेर तपाईंलाई बताउनै सक्दिन। उनले यसलाई जितीन!" —एम्.एफ्.

आमाबाबु तथा हजुरबा हजुरआमा

“नार्कोननकले मेरो छोरा फिर्ता गर्‍यो र उसलाई पनि आफ्नो जीवन फिर्ता गर्‍यो। यही कुराले त यसलाई एउटा उत्तम कार्यक्रम बनाउँछ।” —एम्.ओ.

हामीले कुलत हटाउन धेरै प्रयास गर्‍यौं। हामीले १२-स्टेप कार्यक्रममा सहभागी गराई हेर्‍यौं। मलाईं नार्कोननको मन पर्ने कुरा भनेको यसले मलाईं उसको सुधार कार्यक्रममा सहभागी हुन दियो—मैले उसलाई लागुऔषध मुक्त गराउन सहयोग गर्न पाए। उनीहरू हाम्रो दोस्रो परिवार जस्तै भए। उ फेरि पहिले जस्तै भइन। उसको अहिलेको अवस्था पहिलाको भन्दा राम्रो छ। यो एउटा चमत्कार हो।" —डि.आर.

“मैले मेरो छोरा पछाडिको कौसीमा झोक्राएर बसेको देखे— किन भन्ने थाहा भएन। आज, उसँग राम्रो जागिर छ। उ राम्रो महसुस गर्दछ। नार्कोननले मेरो मनलाई शान्त बनायो। आज उ स्वस्थ र खुशी छ र आफ्नो जिन्दगीमा फेरि रमाउँदैछ।" —एस्.पि.

ग्रेजुएटहरू

"३२ वर्षसम्म लागुऔषध प्रयोग गर्दाको समयमा म १५ वटा विभिन्न सुधार केन्द्रमा सहभागी भए। कुनै कार्यक्रमले काम गरेन। कुनै कार्यक्रमले म भित्रको लागुऔषध प्रयोग गर्ने इच्छा कम गर्न सकेन। नार्कोनन मेरो अन्तिम कार्यक्रम थियो र म अहिले विगत सात वर्ष देखि लागुऔषध मुक्त छुँ। यहाँ आउनु अगाडि मलाईं कुनै आशा थिएन। मलाईं लाग्थ्यो म बाटोमै मर्नेछुँ र कुलत लागेको मान्छेको लागि यो ध्रूव सत्य कुरा हो। यो ठाउँले मेरो जीवनलाई पूरै परिवर्तन गर्‍यो। "यो कार्यक्रम यति प्रवाभकारी छ कि म यसको प्राभवकारिताको बारेमा तपाईंलाई बताउनै सक्दिन।" —एम्.एस्.

"यो कार्यक्रम पूरा गर्नु भनेको मैले मेरो जीवनको बाँकी समयमा गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा प्राप्त गर्नु हो भनी मलाईं थाहा थियो। मलाईं थाहा थियो मेरो जीवन फेरि मैरै नियन्त्रणमा हुन्छ। मैले १२ वर्षको उमेर देखि लागुऔषध प्रयोग गर्न थालेको थिए। अहिले लाग्छ मैले ती सबै वर्षहरू फिर्ता पाए। म जिउन चाहन्थें र तपाईं जीवनलाई अन्य कुराको लागि बदल्न सक्नुहुन्न। —डि.एच्.

"म १८ बर्षको हुँदादेखि लागुऔषधको कुलतमा थिए। म सत्र बर्षदेखी सियो प्रयोग गर्दै आइरहेको थिए। मैले यसबाट छुटकारा पाउँछु भनेर कहिल्यै सोचेको थिइन। मैले साँच्चिकै सोचेको थिइन। अरू सुधार केन्द्रहरूले म कुलत छोड्न सक्दैन भनेर भने। नार्कोनन कार्यक्रमले मेरो जीवन बचायो। उनीहरूले मलाईं लागुऔषधको दुर्व्यसन कसरी छोड्न सकिन्छ भनेर सिकाए। उनीहरूले कसरी आफूलाई सुधार गर्न र आफ्ना समस्याहरूलाई आफै समाधान गर्न सकिन्छ भन्ने कुरा सिकाए। मैले अहिले नयाँ जीवन पाएको छुँ। यो कार्यक्रमको दोस्रो वा तेस्रो हप्ता भित्र म भित्र शक्ति आउन थाल्यो र ‍सौना गरेपछि मैले आफुलाई फेरि एक पटक बालक झैँ महसुस गरे। मैले पहिले भन्दा बढी खुशी महसुस गरे। उनीहरूले मलाईं मेरो जीवन फिर्ता दिएका छन्।" —सि.सि.

"नार्कोननले ममा आशा जगायो। "उनीहरूले मलाईं आफूलाई सुधार्ने विभिन्न तरिकाहरू सिकाए र मैले आफ्नै ढङ्गले आफूले बिगारेका कुराहरूलाई शारीरिक र मानसिक दुवै रूपमा समाधान गरे। मैले मेरो जीवन फिर्ता पाए।" —आर.जी.

"नार्कोनन आउनु अघि मेरो परिवारले मलाईं फोन गर्नुहुन्थ्यो र म कुरा गर्न चाहन्नथें किनभने मलाईं थाहा थियो मैले झूटो बोल्नु पर्थ्यो। म उनीहरूलाई सबै कुरा एकदमै राम्रो छ भन्थे तर वास्तवमा मलाईं लागुऔषधको कुलत लागि सकेको थियो, स्कुल छोडिसकेको थिए र जागिर पनि गुमाइ सकेको थिए। त्यही बेला उनीहरूले नार्कोनन कार्यक्रमको बारेमा थाहा पाए। मलाईं मेरो जीवनमा कस्तो किसिमको परिवर्तन आवश्यक छ भन्ने कुरा महसुस गराएकोमा र त्यो परिवर्तन ल्याउन सहयोग गरेकोमा उनीहरू र नार्कोननका कर्मचारीहरू प्रति अत्यन्तै आभारी छुँ।" —ए.ओ.

"म धेरै १२-स्टेप सुधार केन्द्रहरूमा गए। मैले जहाँ गए जे गरे पनि सधैँ असफल भए —प्रत्येक सुधार केन्द्रहरूमा, प्रत्येक डिटक्शहरूमा —तर कुनैले पनि काम गरेनन्। त्यसपछि म नार्कोननमा आए। त्यो तृष्णा... मलाईं लाग्दैनथ्यो कि त्यो सबै हराउनेछ। तर त्यो सबै न्यु लाइफ डिटक्सको दौरान हरायो। मैले, म अहिले जस्तै खुशी हुन सक्छुँ भनेर महसुस गरेको थिइन। नार्कोनन कार्यक्रमले मलाईं मेरो जीवन फिर्ता दियो र मलाईं फेरि खुशी बनायो।" —आर.एस.

"म बिहान उठ्न नपरोस भनी हरेक रात प्रार्थना गर्थे। मेरो शारीरिक पीडाका साथसाथै मैले मेरो परिवारलाई दिएको भावनात्मक पीडा सहनै नसक्ने थियो। मैले कुनै आशा छ भन्ने सोचेकै थिइन। अहिले म हरेक बिहान उठ्दा मेरो श्रीमानसँगको माया बढ्दै जान्छ। मेरो छोराछोरीहरू मसँग बोल्छन्। अहिले हाम्रो रात र दिन दुबै राम्ररी बित्छ। जस्तो खासमा हुनुपर्ने हो अहिले त्यस्तै जीवन छ। यसको लागि मैले आफूलाई भाग्यमानी ठान्छुँ। भगवानले मलाईं नयाँ जीवनले मात्र होइन, तर सुखी जीवनको आशिर्वाद दिएका छन्। —डि.एच.

"म १२-स्टेप कार्यक्रममा गए। उनीहरूले मलाईं दुखाई भनेको सुधारकै प्रक्रिया हो भन्थे। मैले त्यहाँ अरू मान्छेहरूको भनाई सुनेर हिरोइनको बारेमा थाहा पाए। जब म पहिलो पटक नार्कोननमा आए, मलाईं लागुऔषध रहित विथड्रल देखि डर लाग्थ्यो। तर त्यो मैले अहिलेसम्म लिएको विथड्रल मध्ये सबै भन्दा सजिलो थियो। अहिले म साँच्चिकै खुशी छुँ। म खुशी महसुस गर्छुँ। म बिहान उठ्दा जहिले आजको दिन राम्रो हुन्छ भनेर उठ्छुँ। यस्तो मलाईं पहिला कहिले पनि भएको थिएन।" —डि.आर.

"यदि मैले नार्कोननको बारेमा केही दिन वा केही हप्ता पछि थाहा पाएको भए अहिले म यहाँ हुँदैनथे होला। म नार्कोननमा आए र हिरोइन, कोकिन र मेथाडनबाट मुक्त हुँदै गए। मलाईं सौना सुरू गरेको भाग र पहिलो दिन राम्ररी बितेको र आफ्नो कोठामा गएर १२ घन्टा सुतेको याद छ। म बिहान उठे र, 'म निको हुन सक्ने ठाउँ भनेको यही हो भन्दै भगवानलाई धन्यवाद दिए। हरेक दिन म राम्रो हुँदै गए, मेरो आत्मबल बढ्दै गयो। मैले फेरि सामान्य महसुस गर्न थाले। मैले फेरि २५ बर्षको जस्तो महसुस गरे। जीवन कौशलता सम्बन्धी कोर्स गरेपछि, मैले आफ्नो जीवन कसरी बाँच्नु पर्छ भनी पूर्ण रूपमा थाहा पाए। अब मलाईं कुनै पनि कुराले रोक्न सक्दैन। म डेढ बर्षयता नशा मुक्त छुँ र पारिवारिक समस्या पनि सुधारी सकेको छुँ, मसँग एउटा प्रेमिका छिन् जो मलाईं विश्वास गर्छे, मसँग जागिर छ जुन मलाईं रमाइलो लाग्छ। मैले १० बर्ष देखी जे-जे पाउन कोशीस गरेको थिए तर अहिलेसम्म पाएको थिएन। —जे.आर.

नार्कोनन कार्यक्रम मैले गरेको सबै कार्यक्रम भन्दा भिन्न थियो: त्यसपछि मलाईं कहिल्यै लागुपदार्थ सेवन गर्ने इच्छा लागेन। मैले लागुऔषधको बारेमा सोचेको पनि थिएन। मैले लागुऔषध किन सेवन गरेको थाहा पाए र जुन समस्याहरूले गर्दा म कुलतमा फसेको थिए, ति समस्याहरूको समाधान गर्न सिके। मैले पूर्ण रूपमा तिनीहरूको समाधान गरे। र त्यहाँ कुनै दुविधा थिएन, कुनै सङ्का थिएन। नार्कोनन कार्यक्रमले, मैले लागुऔषध किन सेवन गरे तथा कस्तो समस्याले गर्दा कुलतमा परे भनी थाहा पाउन सहयोग गर्‍यो। —जे.जी.

नार्कोनन एरोहेड

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्